न्युयोर्क, अमेरिका, सेप्टेम्बर २, २०२६ — न्युयोर्क सिटीको टाइम्स स्क्वायरमा सोमबार भएको छुरा प्रहारको घटनामा बैंक अफ अमेरिकाकी उपाध्यक्ष एरिन पियासेन्टीको मृत्यु भएको छ।
३२ वर्षीया पियासेन्टी बैंक अफ अमेरिकाको बिजनेस सेलेक्सन एन्ड कन्फ्लिक्ट्स युनिटमा उपाध्यक्षका रूपमा कार्यरत थिइन्। उनको लिंक्डइन प्रोफाइलमा पनि यही विवरण उल्लेख छ।
न्युयोर्क प्रहरीले घटनाका क्रममा पियासेन्टीमाथि धेरै पटक छुरा प्रहार भएको र पछि उनको मृत्यु भएको जनाएको छ।
बैंक अफ अमेरिकाले घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नी सहकर्मीको निधनले स्तब्ध भएको जनाएको छ।
“हामी आफ्नी सहकर्मीको दुःखद निधनबाट स्तब्ध र अत्यन्त दुःखी छौँ। उहाँ हाम्रो मूल्यवान् सहकर्मी हुनुहुन्थ्यो र उहाँको अभाव महसुस हुनेछ। हाम्रो समवेदना उहाँको परिवार र प्रियजनसँग छ,” बैंकले रोयटर्सलाई पठाएको इमेलमा भनेको छ।






