डार्विन, अस्ट्रेलिया, २२ अगस्ट २०२६ — अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिँदैछ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।






