काठमाडौं, अक्टोबर २२, २०२६ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म आयोजना गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ का पुछारका चार टोली तथा क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्लेअफ प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।
प्रतियोगिता आयोजना गर्ने अवसरले नेपाललाई लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा पुग्ने अवसर दिएको छ।
तर, नेपालले प्रतियोगिता आयोजना गर्ने भएपछि नेपाल र भारत ‘ए’ बीच यसअघि तय भएको क्रिकेट शृंखलाको तालिका परिवर्तन गर्नुपर्ने भएको छ।






