काठमाडौं, अक्टोबर २, २०२६ — क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
अक्टोबर ७ देखि सुरु हुने शृंखलामा नेपालसँगै क्यानडा र आयोजक ओमानले प्रतिस्पर्धा गर्नेछन्।
क्यानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्।
टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरालगायत छन्। टोलीमा गुलशन झा, बशीर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल पनि छन्।






