काठमाडौं, अक्टोबर ५, २०२६ — कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने ती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
मौसम विश्लेषणअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।






