रुपन्देही, अक्टोबर ९, २०२६ — रुपन्देहीमा १८ वर्षअघि भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रह्लाद कुमी र सोही ठाउँका ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी छन्।
प्रहरीका अनुसार उक्त हत्या घटना २०६५ मंसिर ६ गते भएको थियो।
उनीहरूमाथि तत्कालीन धकधई गाविस–८ निवासी ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अनुसन्धानका क्रममा राजभरको हात पछाडि गलबन्दीले बाँधेर कन्चटमा गोली हानी हत्या गरिएको खुलेको छ।






