काठमाडौं, ६ सेप्टेम्बर २०२६ — रसुवामा आएको विनाशकारी बाढी र पहिरोपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजी प्रमुख एजेन्डा बनाउँदै दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आएका छन्।
अगस्ट २६ मा आएको विनाशकारी बाढी र पहिरोका बेला ती नौ दक्षिण कोरियाली नागरिक अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए। त्यसयता उनीहरू बेपत्ता छन्।






