सर्लाही, नोभेम्बर २९, २०२६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा शनिबार विरोध गरिएको छ। हिन्दु सम्राट सेनाका कार्यकर्ताले मलंगवामा कालो झण्डा देखाउनुका साथै उनको पुत्ला जलाएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सिंह शनिबार सर्लाही पुगेका थिए। साँझ मलंगवामा भेला भएका हिन्दु सम्राट सेनाका कार्यकर्ताले उनका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको भन्दै विरोध जनाएका हुन्।



