काठमाडौं, १७ अगस्ट २०२६ — नेपाली कांग्रेसका सभापति गगन थापाले तत्काल राजनीतिक लाभ वा फाइदाका लागि हतारमा निर्णय नगर्न पार्टीलाई आग्रह गर्दै महत्वपूर्ण विषयमा दीर्घकालीन प्रभाव र पार्टीका मूल मान्यतालाई ध्यान दिनुपर्ने बताएका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पार्टीभित्र रहेका विभिन्न विचार र भावनालाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन्। पछिल्लो समय नेपाली कांग्रेसभित्र नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने विषयमा बहस सुरु भइरहेका बेला थापाको यस्तो धारणा आएको हो।






