काठमाडौं, अक्टोबर १४, २०२६ — ईपीएस कोरिया शाखाअन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षामा ७६ हजार १७३ जना सहभागी हुने भएका छन्। परीक्षा नोभेम्बर १७ देखि सुरु भई सन् २०२७ को फेब्रुअरी २५ सम्म सञ्चालन हुनेछ।
यस वर्षदेखि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रसँगै सेवा र वन क्षेत्रलाई पनि परीक्षामा समावेश गरिएको छ।
ईपीएस कोरिया शाखाका अनुसार सेवा क्षेत्रको परीक्षा नोभेम्बर १७, वन क्षेत्रको नोभेम्बर १८ र कृषि तथा पशुपालन क्षेत्रको नोभेम्बर २० देखि सुरु हुनेछ। उत्पादनमूलक क्षेत्रको परीक्षा भने डिसेम्बर ११ देखि सुरु हुनेछ।
कुल आवेदकमध्ये उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३, कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाले आवेदन दिएका छन्।






