काठमाडौं, ११ सेप्टेम्बर २०२६ — जिल्ला अदालत काठमाडौंले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार तामाङलाई कैद सजायसँगै ५० हजार रुपैयाँ जरिवाना तोकेको हो।
अदालतले तामाङसहित १७ जनालाई उक्त मुद्दामा दोषी ठहर गरेको छ।
दोषी ठहर हुनेमा प्रवीणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर कंसाकार, सिर्जना शाक्य तामाङ, लालकाजी गुरुङ, दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल र मीना गुरुङ छन्।
अदालतले उनीहरूलाई ठहर भएका कसुरअनुसार फरक–फरक कैद सजाय र जरिवाना तोकेको छ।






