काठमाडौं, अक्टोबर १३, २०२६ — डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आइएमई खल्ती लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ मा व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी र लगानीसम्बन्धी सेवासहित विभिन्न नयाँ प्रविधि तथा वित्तीय उत्पादन सार्वजनिक गरेको छ।
फिनटेक अलायन्स नेपालले आयोजना गरेको तीनदिने प्रदर्शनीमा कम्पनीले डिजिटल भुक्तानी सेवाका अतिरिक्त नयाँ उत्पादनहरू प्रदर्शन तथा सार्वजनिक गरेको हो।






