काठमाडौं, नोभेम्बर २९, २०२६ — जारी शरदकालीन हिमाल आरोहण सिजनमा सरकारले ३३ करोड ४२ लाख ८० हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ। यस अवधिमा ५० वटा हिमाल आरोहणका लागि १ हजार ६३३ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार यस सिजनमा ३८० महिलासहित १ सय ९० वटा आरोहण समूहले अनुमति पाएका छन्।






