काठमाडौं, २५ अगस्ट २०२६ — नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीमा रहेका बेला परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायतालाई मात्र केन्द्रमा राख्नेभन्दा लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा बढी केन्द्रित गर्नुपर्ने बताएका छन्।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले नेपालको बदलिँदो आर्थिक अवस्थाअनुसार द्विपक्षीय सहकार्यको आधारसमेत परिवर्तन गर्नुपर्ने बताएका हुन्।






