काठमाडौं, अक्टोबर २७, २०२६ — सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिको सञ्चालन आम्दानी चार वर्षको अवधिमा ३२.१ प्रतिशतले घटेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८२ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८२/८३ मा ५६ करोड १० लाख रुपैयाँमा झरेको हो।
कम्पनीको सञ्चालन आम्दानी क्रमशः घट्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ७६ करोड ८० लाख रुपैयाँ रहेको आम्दानी २०८०/८१ मा ६६ करोड ४० लाख र २०८१/८२ मा ५६ करोड ७० लाख रुपैयाँमा झरेको थियो। गत आर्थिक वर्षमा पनि आम्दानी घट्ने क्रम जारी रह्यो।






