
नेपाली बजारमा गत साता सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँ घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। चाँदी पनि ११० रुपैयाँले घटेको छ।

चारवटा जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले लिएको सरकारको जमानतसहितको ऋण दायित्व ५५ अर्ब ९२ करोड पुगेको छ। यसमा साँवा र ब्याज समावेश छन्।

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी प्रस्ताव गरेको छ। गृहमन्त्री सुधन गुरुङको अबुधाबी भेटमा कृषि, सेवा क्षेत्र र सुरक्षा प्रविधिमा सहकार्य विस्तारबारे पनि छलफल भएको छ।

छठ पर्वका अवसरमा मंसिर १ गते सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन गर्ने भएको छ।

तिहारपछि शुक्रबार बजार खुल्दा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी १ सय ५५ रुपैयाँ घटेको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ भने चाँदी २६५ रुपैयाँले बढेको छ।

नेप्से बुधबार १.४० अंकले बढेर बन्द भएको छ। कारोबार रकम ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ।

नेपाल बीमा प्राधिकरणले अगस्ट २६ को बाढीबाट प्रभावित बीमितका लागि दाबी प्रक्रिया सहज बनाउँदै प्रिमियम र कर्जाको किस्ता तिर्न ब्याज तथा जरिवानाबिना ६ महिना थप समय दिएको छ।

नेपालमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ। चाँदी भने २० रुपैयाँ घटेर ३ हजार ६ सय ५५ रुपैयाँ कायम भएको छ।

म्याग्दीको मङ्गला गाउँपालिकामा प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा एक करोड रुपैयाँको व्यावसायिक मौरीपालन परियोजना सञ्चालन हुने भएको छ।

नेप्से सोमबार ३२.६५ अंकले घटेर २ हजार ६५७.५० अंकमा बन्द भएको छ। सबै १३ उपसमूह घट्दा दैनिक कारोबार रकम ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

नेपालमा सोमबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँ घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। चाँदी पनि १७५ रुपैयाँ घटेको छ।

सुनकोशी मरिण आयोजनाको नयाँ ठेक्काको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला विभागका महानिर्देशक र आयोजना निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।

चाडपर्व र जाडो मौसममा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको थोक समर्थन मूल्य प्रतिकार्टुन १०० देखि २०० रुपैयाँसम्म बढाएको छ।

नेप्से शुक्रबार ५.४५ अंकले घटेर २ हजार ६९०.१५ विन्दुमा बन्द भएको छ। बजारमा ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार हुँदा घट्ने कम्पनी बढी रहे।

जनकपुरधाम र अयोध्याबीच विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा संयुक्त उद्घाटन गर्ने तयारी छ।

नेपालका हजारौं सहकारी बचतकर्ता अझै रकम फिर्ताको पर्खाइमा छन्। ६५ करोड रुपैयाँको राहत कोष र करिब ११ हजारलाई भएको भुक्तानीले पनि संकट समाधान गर्न सकेको छैन।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँ घटेर २ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी १०५ रुपैयाँ घटेको छ।

तनहुँका विकास आयोजनाले जलविद्युत्, प्रसारण लाइन र पर्यटन पूर्वाधार निर्माणका लागि ७१८.५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन्। तनहुँ जलविद्युत् आयोजनाले ४१७.३४ हेक्टर पाएको छ।

नेपालमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ५० रुपैयाँ घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको छ।