क्यालिफोर्निया, अमेरिका, १४ अगस्ट २०२६ — गुगलले जेमिनी ३.६ फ्ल्यास सार्वजनिक गरेको तीन सातामै जेमिनी ३.७ फ्ल्यास ल्याएको छ। कम्पनीले नयाँ मोडललाई कोडिङ र एआई एजेन्टका लागि हालसम्मकै सबैभन्दा सक्षम “कामदार” मोडलका रूपमा प्रस्तुत गरेको छ।
गुगलका अनुसार जेमिनी ३.७ फ्ल्यास डेभलपरबाट प्राप्त प्रतिक्रियासहित विभिन्न एल्गोरिदमिक सुधारको परिणाम हो। कम्पनीले यी सुधारहरू भविष्यमा आउने मोडलहरूमा समेत प्रयोग हुने जनाएको छ। जेमिनी ३.६ फ्ल्यासको तुलनामा नयाँ संस्करणले सफ्टवेयर इन्जिनियरिङ, ज्ञानमा आधारित काम र वेब डेभलपमेन्टमा सुधार ल्याएको छ।






