सर्लाही, नोभेम्बर २३, २०२६ — उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले सर्लाहीको बरहथवा नगर अस्पतालको आकस्मिक कक्षमा आगजनी र तोडफोड गरेका छन्।
बरहथवा नगरपालिका–५ हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि घटना भएको हो। नौ महिनाकी गर्भवती उनी तीन दिनदेखि बिरामी थिइन् र बरहथवा नगर अस्पतालमा उपचाररत थिइन्।






