बाजुरा, सेप्टेम्बर २३, २०२६ — बाजुरामा एक शिक्षक नेपाली कांग्रेसको वडा अधिवेशनमा निर्वाचन अधिकृतका रूपमा खटिएको पाइएको छ।
बडिमालिका नगरपालिका–१ स्थित जैशीँडाँडा आधारभूत विद्यालयमा कार्यरत शिक्षक मीनबहादुर दानीलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको खुलेको हो।






