काठमाडौं, अक्टोबर १, २०२६ — श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बिहीबार प्रतिनिधिसभाको बैठकमा गरेको छोटो सम्बोधनले सभामुख र सांसदहरूमा हाँसो उत्पन्न भएको छ।
बिहीबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै राईले भने, ‘सभामुख महोदय, कुरा त्यही हो हजुर, धन्यवाद ।’ यति भनेपछि उनी आफ्नो सिटमा बसेका थिए। उनको सम्बोधनपछि सभामुख र सांसदहरूले हाँसो रोकेनन्।
यसअघि मंगलबारको बैठकमा राईले प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरूका प्रश्नको जवाफ दिन संसद्मा कहिले आउनुहुन्छ भन्दै प्रश्न गरेका थिए।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले सरकारले संसद्मा उठेका प्रश्नको जवाफ दिने जिम्मेवारीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका थिए।
‘सभामुखमार्फत सोध्न चाहन्छु, सरकार र सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ ?’ राईले भनेका थिए।






