काठमाडौं, २२ अगस्ट २०२६ — सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊँ अभियानबीच १४ बुँदे सहमति भएको छ। सहमतिपछि प्रसाईं नेतृत्वको अभियानले आफ्ना सबै विरोध तथा धर्नाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।
अभियानका प्रतिनिधि र सरकारको वार्ता टोलीबीच भएको लामो छलफलपछि सहमति भएको हो।
प्रसाईं नेतृत्वको अभियानले काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा सरकारी वार्ता टोलीका संयोजक लीलाधर सुवेदीले सहमतिमा हस्ताक्षर गरेका छन्।
अभियानका तर्फबाट वार्ता समितिका संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमतिमा हस्ताक्षर गरेका छन्।






