काठमाडौं, १० सेप्टेम्बर २०२६ — नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई मन्त्री नियुक्त गरेपछि उनले शपथ लिएका हुन्।
राष्ट्रपति पौडेलसमक्ष शीतल निवासमा आयोजित कार्यक्रममा साहले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
बिहीबार नै गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद साह सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।






