काठमाडौँ, अगस्ट ३०, २०२६ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको क्यूआर कोडमा आफ्नो पार्टीको बैंक खाता जोडिएको विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै साम्पाङले उक्त क्यूआर कोड आफ्नो पार्टीले परिवर्तन नगरेको बताएका छन्। उनले कुनै अज्ञात व्यक्तिले नियतवश प्रधानमन्त्री राहत कोषको क्यूआर कोड सम्पादन गरी आफ्नो पार्टीको बैंक खाता राखिदिएको दाबी गरेका छन्।






