काठमाडौं, सेप्टेम्बर २०, २०२६ — सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।






