काठमाडौं, २२ अगस्ट २०२६ — गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.११ अंक अर्थात् ०.९५ प्रतिशतले घटेको छ। सूचकमा गिरावट आए पनि औसत दैनिक कारोबार रकम भने १६.३० प्रतिशतले बढेको छ।
साताको सुरुवातमा नेप्से २,६४३.८३ विन्दुमा रहेको थियो भने साताको अन्तिम कारोबार दिन २,६१८.७२ विन्दुमा बन्द भएको छ। यस अवधिमा नेप्से अधिकतम २,६४८.५७ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २,६०८.३८ विन्दुसम्म झरेको थियो। यस आधारमा साताभर बजारमा ४०.१९ अंकको उतारचढाव देखिएको छ।






