काठमाडौं, सेप्टेम्बर ७, २०२६ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २,५६०.८४ विन्दुमा बन्द भएको छ। शेयर बजारमा अधिकांश कम्पनीको मूल्य बढेसँगै बजारमा व्यापक सुधार देखिएको हो।
सोमबार ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर ५० हजार ८४४ पटक कारोबार हुँदा कुल ३ अर्ब ८३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।






