काठमाडौं, २१ अगस्ट २०२६ — दुग्ध विकास संस्थान (डीडीसी) ले दुबईमा घिउ निर्यात सुरु गरेको छ। रतो र चन्द्र–सूर्य इन्टरनेसनल प्रालिसँग भएको सम्झौताअनुसार डीडीसीले शुक्रबार पहिलो चरणमा ६०० किलो घिउ दुबई पठाएको हो।
सम्झौताअनुसार प्रत्येक वर्ष कम्तीमा ५० हजार किलो घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ। दुबईको बजारमा माग र उपभोक्ताको प्रतिक्रिया बुझ्न प्रारम्भिक रूपमा ६०० किलो घिउ पठाइएको कम्पनीले जनाएको छ।






