वासिङ्टन, अमेरिका, अक्टोबर ६, २०२६ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा ओमानी सहपाइलटले गरेको असफल आतंकवादी आक्रमणका लागि इरान जिम्मेवार रहेको आफूलाई व्यक्तिगत रूपमा लागेको बताएका छन्।
आक्रमणका लागि इरान जिम्मेवार रहेको आफूलाई लाग्छ कि भनेर पत्रकारहरूले सोध्दा ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “मलाई लाग्छ। व्यक्तिगत रूपमा मलाई लाग्छ।”






