ह्वाट्सएपले आफूले चाहेको मिति र समयमा सन्देश पठाउन मिल्ने सुविधा परीक्षण गरिरहेको छ। यो सुविधा हाल गुगल प्ले स्टोरमार्फत उपलब्ध ह्वाट्सएपको बिटा कार्यक्रममा सहभागी सीमित एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गराइएको बताइएको छ।
यो सुविधाले व्यक्तिगत र समूह दुवै च्याटमा सन्देश समय निर्धारण गर्न दिन्छ। प्रेषकको मोबाइल अफलाइन भए पनि निर्धारित समयमा सन्देश पठाइनेछ।






