काठमाडौं, नोभेम्बर २४, २०२६ — टीभीएस मोटरले अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अपाचे ट्र्याक एक्सपिरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। यो मोटरसाइकल ग्रानाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध छ।






