काठमाडौं, सेप्टेम्बर १५, २०२६ — नेपालमा ट्रायम्फ मोटरसाइकलको मूल्य बढेको छ। कम्पनीले तीन मोडलको मूल्यमा ३० हजारदेखि ३३ हजार रुपैयाँसम्म वृद्धि गरेको छ।
नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले स्क्र्याम्बलर ४०० एक्स, स्क्र्याम्बलर ४०० एक्ससी र स्पिड ४०० को नयाँ मूल्य तोकेको हो।
स्क्र्याम्बलर ४०० एक्सको मूल्य सबैभन्दा धेरै ३३ हजार रुपैयाँले बढेको छ। यसअघि ७ लाख ४४ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको यो मोटरसाइकलको नयाँ मूल्य ७ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, स्क्र्याम्बलर ४०० एक्ससीको मूल्य ३१ हजार रुपैयाँले बढेको छ। यसको मूल्य ८ लाख २४ हजार ९ सय रुपैयाँबाट बढेर ८ लाख ५५ हजार ९ सय रुपैयाँ पुगेको छ।
स्पिड ४०० को मूल्य पनि ३० हजार रुपैयाँले वृद्धि भएको छ। यसअघि ६ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको यसको नयाँ मूल्य ७ लाख १९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।






