काठमाडौँ, नोभेम्बर ७, २०२६ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
एनपीएलको १८औँ खेलमा तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी र पछिल्ला खेलमा लय समातेको काठमाडौं आमनेसामने हुन लागेका हुन्।





