काठमाडौं, अक्टोबर १६, २०२६ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको जनाएको छ।
क्यानको आयोजना तथा व्यवस्थापनमा हुने प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तय भएको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिमा क्यानले आईसीसीको आधिकारिक मान्यताले नेपालको घरेलु क्रिकेटको विकास र विस्तारमा योगदान पुर्याउनुका साथै प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
शुक्रबार आयोजित एनपीएल मिडिया डेमा सञ्चारकर्मीसँग कुरा गर्दै क्यानका सचिव पारस खड्काले आईसीसीको मान्यतासम्बन्धी आधिकारिक पुष्टि पर्खँदै आफूले निरन्तर इमेल जाँच गरिरहेको बताएका थिए।
“मलाई लाग्छ, यसबारे छिट्टै निर्णय हुनेछ,” खड्काले भने।






