आइची, जापान, सेप्टेम्बर २०, २०२६ — नेपालकी अरिका गुरुङ जापानमा जारी २०औँ एसियन गेम्सको महिला ६८ केजीमाथिको कराते कुमितेको सेमिफाइनलमा विश्व नम्बर एक काजकिस्तानकी सोफ्या बेरुल्त्सेभासँग २–१ ले पराजित भएकी छन्।
गुरुङले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।






