रसुवा, २६ अगस्ट २०२६ — बुधबार रसुवामा आएको विनाशकारी बाढीको मुख्य कारण नेपाल–चीन सीमाभन्दा करिब २६ किलोमिटर उत्तरतर्फ तिब्बतमा रहेको हिमताल फुट्नु हुन सक्ने मौसमविद् उज्ज्वल उपाध्यायले अनुमान गरेका छन्।
उपाध्यायका अनुसार तिब्बती क्षेत्रमा रहेका तीनमध्ये कम्तीमा एउटा हिमताल अचानक फुटेको हुन सक्ने सम्भावना छ। यद्यपि, बाढीको वास्तविक कारण भने स्याटेलाइट तस्बिर तथा अन्य भौगोलिक तथ्यांकको थप अध्ययन र विश्लेषणपछि मात्र पुष्टि हुने उनले बताए।






