काठमाडौं, १८ अगस्ट २०२६ — आर्टमाण्डुले चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो भागका रूपमा ‘कलेजि – ऊनको स्वीटर’को औपचारिक घोषणा गरेको छ। चलचित्रको नयाँ शीर्षक सार्वजनिक गर्दै भारतीय अभिनेता तथा लेखक पीयूष मिश्र पनि यस परियोजनामा जोडिएको निर्माण पक्षले जनाएको छ।
आर्टमाण्डुले अगस्ट १६ मा आफ्नो युट्युब च्यानलमार्फत शीर्षक घोषणा भिडियो सार्वजनिक गर्दै नयाँ चलचित्रको जानकारी दिएको हो। निर्माण कम्पनीका अनुसार नयाँ चलचित्र ‘ऊनको स्वीटर’ले निर्माण गरेको संसारबाट अघि बढ्नेछ तर यसमा नयाँ कथा, नयाँ पात्र र अझ गहिरो भावनात्मक यात्रा प्रस्तुत गरिनेछ।






