चलचित्रको मुख्य पारिवारिक कथालाई अगाडि बढाउन चरित्रप्रधान नेपाली चलचित्रमा परिचित कलाकारहरूको ठूलो समूह समेटिएको छ।
सेप्टेम्बरमा हलमा आउँदै ‘पेन्सन पट्टा’
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पेन्सन पट्टा’ भदौ २६, २०८३ अर्थात् सेप्टेम्बर ११, २०२६ मा नेपालभर प्रदर्शन हुने तय भएको छ।
निर्माण पक्षले हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा रहेका नेपाली दर्शकमाझ पनि चलचित्र पुर्याउने योजना सार्वजनिक गरेको छ।
मिन कोन्मे गुरुङ (सिक्लेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता हुन् भने डीबी गुरुङले उत्पादन व्यवस्थापकको जिम्मेवारी सम्हालेका छन्।
सुशन प्रजापति छायांकार र सुरज तामु कास्टिङ निर्देशक हुन्। निमेष श्रेष्ठ र केर डी. कोइच लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्। राजेन्द्र मोक्तान कलरिस्ट र राजु याक्चा कला निर्देशक हुन्।
मनोज थापा मगर, शिव बराइली र सुरज तामुले चलचित्रको संगीतमा काम गरेका छन्। तारणाथ न्यौपाने प्रमुख सहायक निर्देशक हुन् भने सुरज तामु र केर डी. कोइच लिनुच सहलेखकका रूपमा रहेका छन्।
नेपालमा चलचित्रको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठमार्फत आरआर फिल्म्सले गर्नेछ।
ट्रेलरले ‘पेन्सन पट्टा’लाई पेन्सनसम्बन्धी अधिकारको कथाभन्दा ठूलो पारिवारिक खोजीका रूपमा प्रस्तुत गरेको छ। एउटा पुरानो कागजातमा भेटिएको नामले परिवारको बिर्सिएको अध्यायलाई फेरि सतहमा ल्याउँदा विगतका सम्बन्ध र अधुरा प्रश्नसँग नयाँ पुस्ताले कसरी सामना गर्छ भन्ने विषय चलचित्रको मुख्य आधार बन्ने देखिन्छ।