काठमाडौं, सेप्टेम्बर २१, २०२६ — ‘कबड्डी’ फिल्म शृंखलाको पाँचौँ भाग ‘कबड्डी ५: एन्ड द फाइनल म्याच’ कार्तिक ६ (अक्टोबर २३) देखि हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
पोस्टरमा फिल्मका मुख्य पात्र काजी, बीके र छन्त्याललाई क्रमशः दयाहाङ राई, विजय बराल र बुद्धि तामाङले निर्वाह गरेको देखाइएको छ।
बासुरी फिल्म्सको निर्माणमा बनेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन तथा लेखन गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्टान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पाहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ।
रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) ले फिल्ममा लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता हुन्।
फिल्ममा कालीप्रसाद बाँस्कोटा, आधा सुर र झुमा लिम्बूको संगीत रहेको छ। सञ्जय लामाले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।






