गाङवन प्रदेश, दक्षिण कोरिया, नोभेम्बर २४, २०२६ — नेपाली मोडल सदिक्षा श्रेष्ठले दक्षिण कोरियामा आयोजित एसिया मोडल फेस्टिभल २०२६ अन्तर्गतको ‘फेस अफ एसिया राइजिङ’ प्रतियोगितामा ‘फिमेल विनर’ उपाधि जितेकी छन्।
‘फेस अफ नेपाल’ का तर्फबाट नेपालको प्रतिनिधित्व गरेकी श्रेष्ठले गाङवन प्रदेशस्थित हाइवान रिसोर्ट कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा महिला विधातर्फ प्रथम पुरस्कार हासिल गरेकी हुन्।






