काठमाडौं, नोभेम्बर २४, २०२६ — रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा आयोजना गर्ने भएको छ। महोत्सव डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।
दिउँसो २ बजे सुरु हुने कार्यक्रममा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ। संगीत, कला, फेसन, सडक खेलकुद र विभिन्न सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने आयोजकको तयारी छ।






