काठमाडौं, अक्टोबर ५, २०२६ — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै निरन्तर ओरालो लागेर बन्द भएको हो।
कारोबार रकम पनि घटेको छ। सोमबार ३५९ कम्पनीका ९ करोड कित्ता सेयर ४४,७७७ कारोबारमार्फत ३ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएका छन्। शुक्रबार कारोबार रकम ३ अर्ब ८९ करोड रुपैयाँ थियो।






