काठमाडौं, ११ सेप्टेम्बर २०२६ — नेपालमा विदेशी लगानीकर्ताको आकर्षण सूचना प्रविधि क्षेत्रमा बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका कुल १ हजार १ सय १६ परियोजनामध्ये ७२७ वटा परियोजना सूचना प्रविधि क्षेत्रका छन्।
उद्योग विभागका अनुसार विदेशी लगानीका लागि प्राप्त परियोजनामध्ये उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामा चार, कृषिमा १८, पर्यटनमा २२७, सेवामा ७१ र पूर्वाधार क्षेत्रमा दुईवटा परियोजना छन्।






