काठमाडौं, अक्टोबर २६, २०२६ — नेपालमा सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको हो।





