काठमाडौं, १३ अगस्ट २०२६ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उनी हङकङ हुँदै काठमाडौं आइपुगेका हुन्।
देउवा दिउँसो करिब १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनी सिधै महाराजगञ्जस्थित आफूले भाडामा लिएको निवासमा जाने बताइएको छ। उनका निजी सचिव भानु देउवाले नेपाल छाड्नुअघि भाडामा लिएको सोही निवासमा उनी बस्ने पुष्टि गरेका छन्।




