रसुवा, ५ सेप्टेम्बर २०२६ — रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र विदेशी उद्धारकर्मी सम्मिलित संयुक्त उद्धार टोलीले ती चिनियाँ नागरिकको उद्धार गरेको हो। उद्धार गरिएका व्यक्तिको नाम लुहाइताओ रहेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार उनलाई सुरुङभित्र करिब २२५ मिटरभित्र रहेको स्थानबाट शनिबार दिउँसो करिब १:३० बजे उद्धार गरिएको हो।
उद्धार गरिएका लुहाइताओको स्वास्थ्य अवस्थाको मूल्याङ्कन भइरहेको छ। सुरुङभित्र खोज तथा उद्धार कार्य भने जारी रहेको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायले विपद्बाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोजी कार्यलाई तीव्र बनाएका छन्।






