चीन, १८ अगस्ट २०२६ — सुरुवाती दिनमा दर्शकसमेत जुटाउन नसकेको एउटा चिनियाँ एनिमेसन चलचित्र इन्टरनेटमा भाइरल भएपछि अप्रत्याशित रूपमा बक्स अफिसमा सफल भएको छ।
निउ लाई नामको यो चलचित्रलाई द काउ इज कमिङ वा द अक्स कम्स भनेर पनि अनुवाद गरिएको छ। चलचित्र सिन युमेङ र सुन लिफाङ नामका आमा–छोराको जोडीले करिब पाँच वर्ष लगाएर तयार पारेका हुन्। निकै न्यून बजेटमा बनेको चलचित्रका लागि ठूलो प्रचार अभियान वा व्यापक बजार प्रवर्द्धन गरिएको थिएन।






