सुर्खेत, अक्टोबर २२, २०२६ — अछामका २६ वर्षीय विद्यार्थी राजेन्द्र रोकाय सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित भाडाको कोठामा मृत फेला परेका छन्।
रामारोशन गाउँपालिका–५ घर भएका रोकाय वीरेन्द्रनगरको रंगशाला क्षेत्रमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार रोकाय आफ्नै भाडाको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
रोकाय एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरिरहेका थिए।






