
युक्रेनले रुसमा १ हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ। मस्कोतर्फ ४५० ड्रोन लक्षित थिए। हमलामा दुई जनाको मृत्यु तथा तेल रिफाइनरी र आवासीय भवनमा क्षति भएको छ।

बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमावर्ती बाढीपहिरोमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना र प्रभावितलाई सहयोग गर्न बेलायत तयार रहेको बताएका छन्।

जर्मनीको स्याक्सोनी–आनहाल्ट चुनावमा एएफडीले एक्जिट पोलअनुसार ४४ प्रतिशत मतसहित पहिलो स्थान हासिल गरेको छ। स्पष्ट बहुमत नआएपछि सरकार गठनबारे अन्योल कायम रहेको छ।

रुसको उत्तरी ककेशसस्थित मिजिर्गी हिमालमा ३३ पर्वतारोहीलाई हिमपहिरोले पुर्याउँदा ११ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन्। कठिन भूभागमा उद्धार तथा खोजी जारी छ।

रोमानियाली अभियोजकहरूले एन्ड्र्यु टेटविरुद्ध नाबालिग मानव तस्करी, सम्पत्ति शुद्धीकरण र नाबालिगसँग यौन सम्बन्धलगायत आरोपमा अभियोग दर्ता गरेका छन्; ट्रिस्टनलाई पनि संलग्नताको आरोप छ।