बाँके, अक्टोबर २२, २०२६ — बाँकेको जानकी गाउँपालिका–५ बक्सपुरस्थित अम्बे स्टिलको फर्नेस आयल भण्डारण ट्यांकीमा बिहीबार आगलागी हुँदा अनुमानित १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
दिउँसो करिब १:३० बजे लागेको आगो सर्ट सर्किटका कारण भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
स्टिल उत्पादनका लागि प्रयोग हुने फर्नेस आयल भण्डारण गरिएको उक्त ट्यांकीको क्षमता २ लाख लिटर रहेको छ।
घटनापछि खजुरा खुर्दस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा दिउँसो २:३० बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।






